आज देश-दुनियाँमा के-के भयो ?

आज देश-दुनियाँमा के-के भयो ?

काठमाडौँ — १० महिनामा ३ खर्ब ६८ अर्ब कर्जा प्रवाह, लक्ष्यको आधा मात्र, नेपालमा अकाल मृत्यु र अपांगताको मूल कारक वायु प्रदूषण : विश्व बैंक, यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतमविरुद्ध भ्रष्टाचार मुद्दा, अढाइ करोड रुपैयाँ बिगो मागदाबी, आफैं उद्धार गर्नेदेखि भारत र चीनसँग सहयोग माग्नेसम्म सरकारको तयारीदेखि प्रतिनिधिसभा बैठक बिहीबारसम्म स्थगितसम्मका खबर आज चर्चामा रहे ।

चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म) मा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत असारको तुलनामा यो ७.३ र गत आर्थिक वर्षको वैशाखसम्मको तुलनामा ८.४ प्रतिशतको वृद्धि हो ।

कुपोषण र सुर्तीजन्य पदार्थभन्दा वायु प्रदूषणको जोखिम नेपालमा उच्च रहेको छ । म‌ंगलबार विश्व बैंक समूहले सार्वजनिक गरेको ‘टुवार्ड्स क्लिन एयर इन नेपाल: बेनेफिट्स, पोलुसन सोर्सेस, एन्ड सोल्युसन्स’ नामक प्रतिवेदनअनुसार वायु प्रदूषणले नेपालीहरूको औसत आयू ३.४ वर्षले घटाउने र वार्षिक करिब २६ हजारको अकाल मृत्युको कारण बनिरहेको छ ।

Share this article: